arrow

नेकपा एक हुँदा पनि काँग्रेसका घिमिरेले जिते निर्वाचन

कपिलवस्तु उद्योग वाणिज्य सङ्घमा लोकतान्त्रिक प्यानलका डोलकराम घिमिरे विजयी

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ माघ २८ बुधबार
dolakram-ghimire.JPG

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य सङ्घले आठौँ अध्यक्षको रूपमा लोकतान्त्रिक प्यानलका डोलकराम घिमिरे विजयी भएका छन् । नेकपा निकटका टोपनारायण बेलबासे ५० मतले पछाडि पार्दै घिमिरे विजय भएका छन् । घिमिरेले ७६९ मत पाउँदा बेल्बासेले ७१९ मत ल्याई पराजित भए  । बिरष्ठ उपाध्यक्षमा छवि रेग्मी मगर ७५७ मत ल्याए विजयी भए उनका निकट प्रतिस्प्रर्थी लक्ष्मण अधिकारी ६८० मत पाए ।

उद्योग उपाध्यक्ष तर्फ तुल्सीराम घिमिरे बिजय भएका छन् । घिमिरेले ७५२ मत पाएका थिए भने प्रतिस्पर्धी कृष्ण सापकोटाको ६९९ मत आएको छ । यस्तै वाणिज्य उपाध्यक्ष तर्फ खुमनन्द घिमिरे विजय भएका छन्  घिमिरेको ७९६ मत आएको छ भने प्रतिस्पर्धी कृष्ण प्रसाद गैरेको ६४६ मत आएको छ ।

यस्तै महासचिवतर्फ मनोज पौडेल विजय भएका छन् । पौडेलको ८१० मत आउँदा प्रतिस्पर्धी कुशल पौडेलको भने ६३२ मत आएको छ । त्यस्तै कोषाध्यक्ष तर्फ विनोद कुमार पन्थ विजय भएका छन् । पन्थको ७८४ मत आएको छ भने प्रतिस्पर्धी मनोहर योगीको ६५५ मत आएको छ ।सचिव तर्फ (खिमानन्द) कोपिल पौडेल विजय भए ।

शङ्कर प्रसाद न्यौपानेको ६९९ मत आउँदा प्रतिस्पर्धी पौडेलको भने ७२४ मत आएको छ । त्यस्तै सह कोषाध्यक्ष तर्फ यम बहादुर के।सी ७६४ मत , असहमत ६४५ मत आएको छ । भने ११९ मतले असहमत विजय भए । महिला सदस्य उद्योग तर्फ गीतादेवी पौडेल विजय भइन । पौडेलले ८२५ मत ल्याइन् भने प्रतिस्प्रधि विमला श्रेष्ठले ५९५ मत आये ।

महिला सदस्य वाणिज्य तर्फ मिना पोख्रेल पौडेलले ८४८, गीतादेवी तिमिल्सीना ५६५ मत ल्याएका छन् । महिला सदस्य कृषि उद्यम तर्फ लक्ष्मी थारु विजयी भइन । थारुले ७४७ मत , निर्मला अधिकारी पाण्डे ६९१ आयो ।

त्यस्तै वस्तुगत सदस्य तर्फ यमलाल पोख्रेल ,ज्ञान बहादुर थापा ,सुरेन्द्र कुमार पाण्डे ,गिरी राज पौडेल ,राजेन्द्र विक्रम शाह , विकास न्यौपाने ,क्षेत्रगत सदस्य तर्फ ओतदारीबाट वसन्त कँडेल निर्विरोध चयन भएका थिए ।विजय मध्ये वरिष्ठ उपाध्यक्ष, सचिव र सह कोषाध्यक्ष बेल्वासे प्यानलका हुन् भने बाकिँ सबै घिमिरे प्यानलका रहेका छन् ।

सङ्घका नव निर्वाचित अध्यक्ष डोलकराम घिमिरेले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिँदै अब उद्योग वाणिज्य सङ्घको हकहितका लागि निरन्तर खट्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ