arrow

हरेक वर्ष लगाउनु पर्छ कोरोनाको खोप

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
corona-vaccine-covid.jpg

काठमाडौं । कोरोना भाइरसको खोप हरेक वर्ष लगाउनु पर्ने भएको छ । एक पटक लगाएपछि सधैका लागि ढुक्क भइन्छ भन्ने मनस्थिति बनाएकाहरुका लागि भने यसले नराम्रो झड्का दिएको छ । 

अहिले ट्रायलका रुपमा भएको कोरोनाको खोप दुई डोज लगाउन परेको छ । पहिलो डोज लगाएको २८ दिनमा अर्को डोज लगाउनु पर्नेछ । 

तर जोन्सन एन्ड जोन्सन कम्पनीका प्रमुख कार्यकारी उलेक्स गोस्र्कीले भने यो हरेक वर्ष लगाउनु पर्ने बताउँछन् । 

उनका अनुसार यो भ्याक्सिन हरेक वर्ष लगाउनु पर्ने कारण छ । यसको प्रमुख कारण हो भाइरसले हरेक समय आफ्नो स्वरुप बदल्नु । 

अर्को अर्थमा यो म्युटेट भइरहने खालको हुन्छ । यसको कारणले भाइरसका नयाँ भेरिएन्ट आउने हुन्छ । 

नयाँ भेरिएन्ट अनुसार भ्याक्सिन पनि हरेक वर्ष लगाउन पर्ने हुन सक्ने उनले बताए । 



नयाँ