arrow

प्रहरीको रासन भत्ता तत्काल बृद्धि हुन्छ : गृहमन्त्री थापा

logo
प्रकाशित २०७७ माघ २९ बिहिबार
ram_badhur.jpg

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुल्यवृद्धि अनुरुप नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रासनभत्ता तत्काल बृद्धि हुने बताएका छन ।

रासनभत्ताको पुनरावलोकन सम्बन्धमा बिहीबार गृहमन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा बनेको कार्यदलले तयार पारेको  प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको हो ।  सो प्रतिवेदन बुझ्दै गृहमन्त्री थापाले प्रतिवेदनको सिफारिस अनुसार तत्काल रासनभत्ता वृद्धिको प्रक्रिया अघि बढाउने बताए ।

उनले आर्थिक वृद्धि र समृद्धिका लागि शान्ति सुरक्षा अनिवार्य शर्त रहेको र त्यस्तो शान्तिसुरक्षा कायम गर्न महत्वपूर्ण योगदान गर्ने सुरक्षाकर्मीको मनोबल बढाउन पनि भत्ता वृद्धि गरिने बताए ।

लामो समय भत्ता वृद्धि रोकिने अवस्थाको अन्त्य गरी प्रत्येक वर्ष स्वतः भत्ता पुनरावलोकन हुनेगरी गृहमन्त्रालयले समिति बनाउने गृहमन्त्रीले प्रतिवद्धता व्यक्त गरे ।

पछिल्लो ६ वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता वृद्धि हुन सकेको छैन् । सहसचिव गौतम नेतृत्वको कार्यदलले पछिल्लो ६ वर्षमा खाद्यन्नमा सरदर ३३ प्रतिशत मुल्यवृद्धि भएको निश्कर्ष निकाल्दै मूल्यवृद्धि र सरकारको वित्तीय स्रोतको उपलब्धता हेरी उपयुक्त मात्रामा रासन भत्ता वृद्धि गर्न सिफारिस गरेको हो ।

कार्यक्रममा गृहसचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकको समेत उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ