arrow

ठमेलको रमझममा रवि लामिछाने [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २ आइतबार
thamel-bazar-2081.jpg

काठमाडौँ । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र शनिबारदेखि २४ सै घण्टा खुला भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आचारसंहिता निर्माण गरी उक्त क्षेत्रलाई नयाँ वर्षको पहिलो दिनदेखि २४ सै घण्टा सञ्चालन गरेको हो । 

योसँगै गृहमन्त्री लामिछाने शनिबार बेलुकी ठमेल अवलोकनका लागि पुगेका छन् । उनको साथमा उनकी पत्नी निकिता पौडेलसँगै रास्वपाका कार्यकर्ताहरु पनि रहेका थिए । 

उनले शान्ति सुरक्षा कायम गर्नका लागि सुरक्षाकर्मीलाई निर्देशनसमेत दिएका छन् । 

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई सुरक्षित बनाउन भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताएका छन् । 

उनले भने, ‘जिल्ला सुरक्षा समितिले रात्रिकालीन समयमा मनोरञ्जनात्मक व्यवसायको लागि विभिन्न समय तोकेर खुला राखेको अवस्था रहे पनि अब सबै किसिमका व्यवसाय सञ्चालन गर्नेगरी बजार खुला रहन्छ ।’ ठमेल र दरबारमार्ग क्षेत्रमा पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी ‘आचारसंहिता तथा मापदण्ड–२०८० स्वीकृत गरेको उनको भनाई छ ।

ठमेल र दरबारमार्ग क्षेत्रलाई सञ्चालन गर्नका लागि तयार गरिएको विशेष सुरक्षा योजना भित्र पर्यटक प्रहरीलाई अझै व्यवस्थित र प्रभावकारी बनाइनेछ । ठमेलभित्र व्यवसायी मात्रै नभई स्थानीय बासिन्दाको पनि बसोबासको क्षेत्र भएकाले स्थानीयलाई कुनै असर नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायका क्रममा हुने ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेलगायत आचारसंहिता तयार गरिएकोछ । उनले भगवान्वहाल क्षेत्रमा स्थानीयको बसोबास भएकाले सो स्थानमा यस्ता कार्यक्रम गर्न रोक लगाइएको बताए ।

ठमेल र दरबारमार्ग क्षेत्रमा २४ सै घण्टा व्यवसाय सञ्चालन स्थानका शौचालयलाई  निश्चित संकेत दिएर प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।  

यातायातका साधनको अभाव हुन नदिन नगरबस, ट्याक्सी, अनलाईन सवारी साधानको व्यवस्थापनमा लागिएको प्रजिअ बस्नेतले बताए। यसैगरी, पार्किङ व्यवस्थापन, आन्तरिक सुरक्षालगायतको व्यवस्था मिलाइएको छ ।

ravi-lamichhane-thamel (1).jpg
ravi-lamichhane-thamel (2).jpg
ravi-lamichhane-thamel (3).jpg
ravi-lamichhane-thamel (4).jpg
ravi-lamichhane-thamel (5).jpg
ravi-lamichhane-thamel (6).jpg
ravi-lamichhane-thamel (7).jpg
ravi-lamichhane-thamel (8).jpg
ravi-lamichhane-thamel (9).jpg
ravi-lamichhane-thamel (10).jpg
ravi-lamichhane-thamel (11).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ