arrow

गृहमन्त्रीको बचाउमा सरकारकी प्रवक्ताले यसो भनिन् [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २८ बुधबार
rekha-sharma-jhapa.jpg

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाली कांग्रेसले राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध आरोप लगाइरहेको बताएकी छन् । बुधवार झापा पुगेर उनले यस्तो बताएकी हुन् । 

उनले ठाडो निवेदन दिएकै भरमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि छानबिन समिति बन्न नसक्ने बताइन् । उनले कांग्रेसले शुरुवाती दिनमा गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढङ्गले प्रस्तुत भएको तर अहिले संसदीय समिति बनाउने कुरामा अड्किएको बताइन् । उनले समग्र सहकारीको समस्याको छानबिन गर्न र समस्या समाधान गर्नेकुरामा सरकार सकारात्मक रहेको बताइन् ।

उनले भनिन्, ‘संसद लामो समयदेखि अवरुद्ध छ । अवरुद्ध नै भएको त दुई तीन दिन भयो । तर त्यहाँ प्रश्नहरू उठिरहेका छन् । खास गरी उपप्रधान एवं गृहमन्त्रीको बारेमा जे कुराहरू उठिरहेका थिए, त्यो बुझ्दा एउटा ठाडो निवेदन गएको र दर्ता पनि नभएको भन्ने छ । समग्र विषयको छानबिन गर्नेकुरामा त कुनै अन्यथाको कुरा भएन । जुन बेलाबाट सहकारीभित्र समस्या देखा परे, त्यसमा छानबिन गरी समस्या समाधान गर्ने कुरामा कसैको असहमति हुँदैन । तर सुरुवातमा नेपाली कांग्रेसको गृहमन्त्रीको राजीनामा र दोषी नै हो भन्ने ढङ्गले प्रस्तुत भयो, त्यो होइन, त्यसरी गर्नु हुँदैन । यसलाई राजनीतिक पूर्वाग्रहका दृष्टिकोणले आरोप लगाइनु हुँदैन भन्ने कुरा नै हो । एकातिर प्रधानमन्त्रीको प्रस्ताव गर्न गएको भन्ने कुरा र अर्कोतिर गृहमन्त्री हुँदा छानबिन गर्नुपर्छ भन्ने कुरामा यस्तो खालको राजनीति हुँदैन । यस्तो राजनीति गर्नु हुँदैन भन्ने नै हो सरकारको कुरा ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ