arrow

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्ने तयारी

logo
प्रकाशित २०७७ माघ ३० शुक्रबार
pm-office.jpg.jpeg

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहंदरबार भित्रकै पुरानै भवनमा सार्ने तयारी भएको छ ।

विनाशकारी महाभूकम्पपछि सिंहदरबारको मूल भवनबाट विस्तापित बनेको प्रधानमन्त्रीको कार्यालय सार्ने तयारी भएको हो ।

सिंहदरबारको मूलभवनको जगैदेखि पुनःनिर्माण (रेट्रो फिटिङ) सम्पन्न भएकाले फागुन ३ गते सोमबार उक्त भवनको उद्घाटन गरिने कार्यक्रम तय भएको छ । उद्घाटन भएकै दिनदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुरानै ठाउँमा सारिने कार्यालय स्रोतले जनाएको छ ।

०७२ को भूकम्पले सिंहदरबार मूलभवनमा ८० प्रतिशत क्षति भएको थियो । हाल पुनःनिर्माण सकिएकाले प्रधानमन्त्रीको कार्यालय आंशिक रुपमा सारिने स्रोतले जनाएको छ ।

विसं १९०३ मा राणा प्रधानमन्त्री चन्द्र समशेरले उक्त भवन निर्माण गरेका थिए । तर २०३० सालमा उक्त भवनमा आगलागी भएको थियो । विनाशकारी भूकम्पले उक्त भवन क्षति पुर्‍याएपनि पुनःनिर्माणका बेला निर्माणका विषयमा विवाद भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ