arrow

'विन्टर ओलम्पिक २०२२' बहिष्कार गर्ने मुलुकमाथि प्रतिबन्ध लगाउने चीनको चेतावनी

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
china-flag.png

काठमाडौँ । चीनले धार्मिक र जातीय अल्पसङ्ख्यकहरूमाथि गर्दै आएको शोषणको विरोधमा दर्जनौँ अधिकारवादी संघसंस्थाहरुले त्यहाँ हुने 'विन्टर ओलम्पिक २०२२' को बहिष्कार गर्न थालेका छन् ।

खास गरी तिब्बती, उइघुर, हङकङ, ताइवान र मानवअधिकारवादी संस्थाहरूले संयुक्तरुपमा विभिन्न मुलुकहरूलाई 'विन्टर ओलम्पिक' बहिस्कार गर्न आह्वान गरेको हो ।

खास गरी चीनको सिन्जियांगमा श्रम शोषण र उइघुर समुदायका अल्पसङ्ख्यक मुस्लिमहरूमाथि दमन भइरहेका घटनाहरू सार्वजनिक हुँदै आएका छन् ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले चिनियाँ कूटनीतिज्ञलाई त्यहाँ भइरहेका मानवअधिकार उल्लङ्घनका घटनाहरूमा दबाब दिएपछि ओलम्पिक बहिष्कार गर्न आवाज झनै सशक्त बनेको छ ।

यसबाहेक दर्जनौँ क्यानडाली सांसदहरूले समेत ओलम्पिक खेल चीन बाहिर सार्नका लागि खुला पत्रमा हस्ताक्षर गरेका छन् । 

तर, यसको प्रतिरोधमा चीनले २०२२ को 'विन्टर' ओलम्पिकको बहिष्कार गर्ने कुनै पनि मुलुकमाथि कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) नेतृत्वको सरकारको मुख पत्रका रूपमा रहेको ग्लोबल टाइम्स (जीटी)ले चीनमा हुने 'विन्टर ओलम्पिक २०२२' बहिष्कार गर्ने कदम सफल नहुने बताएको छ ।

जीटीका प्रधान सम्पादकद्वारा जारी सम्पादकीयमा ओलम्पिक बहिष्कार गर्न खोज्नेलाई चीनले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । 'विन्टर ओलम्पिक २०२२' को बहिष्कार गर्ने अभियान चाल्ने कुनै पनि मुलुकलाई चीनले प्रतिबन्ध लगाउने छ', सम्पादकीयमा उल्लेख छ ।

सन् १९२४ देखि हुँदै आएको 'विन्टर' ओलम्पिक सन् २०२२ को फेब्रुअरी ४ देखि २० सम्म चीनको राजधानी बेइजिङमा आयोजना हुने भएको छ । यसमा १५ विभिन्न खेलमा १ सय ९ पदका लागि खेलाडीहरूबिच प्रतिस्पर्धा हुने गर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ