- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अष्ट्रेलियामा फेसबुकले समाचार रोकिदिएको छ । अष्ट्रेलियाका प्रयोगकर्ताका लागि फेसबुकले समाचार सेयर गर्न वा समाचारको सामग्री हेर्नका लागि रोकेको हो ।
अष्ट्रेलियालीहरु बिहीबार बिहान उठेलगत्तै समाचार साइट फेसबुकबाट हेर्न खोज्दा समाचार साइटहरुको फेसबुक पेज नै फेला पार्न नसकेको बीबीसीले लेखेको छ ।
बिहीबार बिहान धेरै सरकारी स्वास्थ्य, आपतकालीन र अन्य महत्वपूर्ण पेजहरु रोकिएको छ ।
यससँगै अष्ट्रेलियाली सरकारले फेसकुले गरेको यो प्रतिबन्धले फेसबुकको विश्वसनीयता खतरामा परेको उल्लेख गरेको छ ।
फेसबुकको यो कदम अष्ट्रेलियामा प्रस्तावित कानूनको जवाफ भएको समेत बीबीसीले लेखेको छ ।