arrow

प्रेम अस्वीकार गरेपछि पानीमा कीटनाशक, दुईको मृत्यु, एक गम्भीर

logo
प्रकाशित २०७७ फागुन ८ शनिबार
love-kills.jpg

काठमाडौं । प्रेमले मान्छेलाई कतिसम्म अन्धो बनाउँछ भन्ने उदाहरण भारतको उत्तर प्रदेशका एक युवकले देखाएका छन् । आफ्नो प्रेम अस्वीकार गरेपछि उनले प्रेमिकालाई पानीमा कीटनाशक मिसाएर दिए । 

आफ्नी हुन नसके कसैकी पनि नहोस् भन्ने अत्यन्त घृणित विचार पैदा भएपछि युवकले एकतर्फी प्यारमा फसेका युवकले उक्त घटना गराएका हुन् । 

उन्नाव गाउँमा एक दलित बालिकालाई एकतर्फी प्रेम गरेको युवकले पानीको बोतलमा कीटनाशक मिसाएको थियो । तर दुर्भाग्य त्यो पानी अनजानमा अन्य दुई बालिकाले पनि पिए । 

गाउँका १३, १६ र १७ वर्षीया बालिकाले उक्त विष शेवन गरेका थिए । उनीहरु १७ फेब्रुअरीमा बबुरहा गाउँको खेतमा संदिग्ध हालतमा भेटिए । दुई जनाको मृत्यु भइसकेको छ भने एक जनाको गम्भीर अवस्थामा कानपुरमा उपचार भइरहेको छ । 

आईजी रेन्ज लक्ष्मी सिंहका अनुसार यो घटनाका मुख्य आरोपी पाठकपुरा गाउँका विनय हुन् । अर्का आरोपी नाबालिग हुन् । पुछताछका क्रममा विनयले आरोप स्वीकारेका छन् । 

लकडाउनका क्रममा भएको मित्रतालाई विनयले प्रेममा बदल्न खोज्दा उक्त घटना भएको प्रहरीको ठम्याई छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ