arrow

श्रीमतीलाई ढुङ्गाले थिचेर मारी श्रीमान फरार, चार वर्षे छोरी अलपत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
crime.jpeg

तुलसीपुर । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले २४ वर्षकी विपना रेग्मी पोखरेललाई ढुङ्गाले हानेर हत्या गरेका हुन् ।

मङ्गलबार राति करिब ८ बजेतिर ढुङ्गाले हान्दा गम्भीर घाइते भएकी विपनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा मङ्गलबार बाटोमै मृत्यु भएको हो । 

उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ । फरार रहेका श्रीमान्को खोजी भइरहेको छ ।  विपनाकी चार वर्षीया छोरी छिन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ