arrow

गण्डकी प्रदेशमा लक्ष्यभन्दा बढीलाई कोरोनाको खोप

logo
हरि पन्त, 
प्रकाशित २०७७ फागुन ८ शनिबार
corona-vaccine-nepal1.jpg

पोखरा । गण्डकी प्रदेशमा हालसम्म २८ हजार ३२९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार साँझ दिएको जानकारी अनुसार खोप लगाउनेमा सबैभन्दा धेरै कास्कीका र सबैभन्दा कम मनाङका मानिस रहेका छन् । 

कस्कीमा नौं हजार ११७ र मनाङमा ३४६ जनाले खोप लगाएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

यसैगरी गोरखामा दुई हजार ८८, तनहूँमा २९ सय ७२, नवलपुरमा २०५३, पर्वतमा १७ सय ४४, बाग्लुङमा २५ सय ९, मुस्ताङमा ४९३, म्याग्दीमा १६ सय १०, लमजुङमा २४ सय ९२ र स्याङ्जामा २८ सय ७५ जनाले कोरोना विरुद्धको खोप लगाएको डा. शर्माले जानकारी दिए । 

गण्डकीमा आज मात्र २५ सय ३३ जनाले खोप लगाएका छन् । गण्डकी प्रदेशमा लक्ष्यभन्दा बढीले खोप लगाएको उनले बताए । उनका अनुसार गण्डकीमा २५ हजार २५ हजार ८६४ जनालाई मात्र कोरोना विरुद्धको खोप दिने लक्ष्य थियो । 

खोप लक्ष्य भन्दा बढी अर्थात् १०९.५ प्रतिशतलाई लगाइएको उनले बताए । खोप लगाइसकेपछि कसैलाई पनि जटिल समस्या नदेखिएको डा शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ