arrow

नेकपा फुटेको छैन : मन्त्री अर्याल

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७७ फागुन ९ आइतबार
syangja-padma-aryal.jpg

स्याङ्जा। नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा अर्यालले नेपाल कम्युनिस्ट पाटी(नेकपा) कानुनी रूपमा नफुटेको दाबी गरेकी छन्। स्याङ्जाको वालिङ स्थित भुम्रे अर्चलेबाट तमादी डुम्रेभञ्याङ बानीडाँडा हुँदै सेती वेणी गुल्मी सम्म पुग्ने कालोपत्रे सडकको शिलान्यास गर्दै मन्त्री अर्यालले केही साथीहरू सडकमा गए पनि नेकपा कानुनी रूपले नफुटेको बताएकी हुन् । नेपाल अब चुनावी बाटोमा लागेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा गएका साथीहरूलाई तपाईँहरूलाई चित्त नबुझेर सडकमा जानु भएको छ फर्केर आउनुहोस् भनेर आव्हान गर्नुभएको छ मन्त्री अर्यालले भनिन्।

कम्युनिस्ट पाटीहरू फुट्ने र जुट्ने यो कुनै नौलो नभएको भन्दै मन्त्री अर्यालले प्रधानमन्त्रीले व्यवस्थापनको व्यवस्था अवलम्बन गरेको नेकपा नफुटेको जिकिर गरिन्। ३० वर्षको इतिहासमा नेपालमा कुनै विकास र नेपाललाई चिनाउने काम नभएको भन्दै मन्त्री अर्यालले यो तिन वर्षमा सरकारले उल्लेख्य काम गरेको दाबी गरिन्।

लिपुलेक लिम्पियाधुरालाई नक्सामा समेट्ने देखि सगरमाथाको उचाइ नाप्ने काम यही सरकारले गरेको भन्दै ३० वर्ष सम्म बनेका सरकारले किन गर्न सकेन भन्दै प्रतिप्रश्न मन्त्री अर्यालको थियो। स्याङ्जा क्षेत्र नम्बर २ का मतदाता बलियो भएको भन्दै युगौँ युग सम्म देशले सम्झन लायक काम गरेको छ मन्त्री अर्यालले भनिन्,‘यो क्षेत्रका मतदाता शक्तिशाली रहेछन् भन्ने प्रस्ट हुन्छ।’ चुनावका बेला बोलेका प्रतिबद्धता यो सरकारले पुरा गरेको छ उनले भनिन्।

स्याङ्जाको समग्र विकासमा सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउँदै मन्त्री अर्यालले तीन वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी र सडके योजनामा धेरै काम भएको जिकिर गरिन्। शिलान्यास कार्यक्रममा गण्डकी प्रदेश विधायन समितिका सभापति मोहोन रेग्मी, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण लगायतका वक्ताहरूले तिनै तहका सरकारका प्रतिनिधि मिलेर स्याङ्जाको समग्र विकासमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए। यस आर्थिक वर्षमा ४० लाखको बजेट विनियोजन भई सुरु भएको कालोपत्रे सडक दर्शन कन्स्ट्रक्सन प्रालि वालिङ स्याङ्जाले जिम्मेवारी पाएको छ। कक्रिम रूपले निर्माण हुने सडक १ करोड ५० लाख ९३ हजार ८ सय ८७ रुपैयाँमा सम्पन्न हुने सडक डिभिजन पोखराले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ