arrow

संसद् विघटनले मान्यता पाए व्यवस्था खत्तम हुन्छ : सिटौला

logo
विवेक मिश्र,
प्रकाशित २०७७ फागुन ९ आइतबार
krishna-sitoula.jpg

मोरङ । संसद् विघटनको पक्षमा फैसला भए लोकतान्त्रिक व्यवस्था नै सत्तम हुने काँग्रेस नेता कृष्ण सिटौलाले बताएका छन् ।

आइतबार विराटनगरमा नेपाल प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमको विपक्षमा फैसला भए मात्र लोकतान्त्रिक व्यवस्थाको रक्षा हुनसक्ने बताएका छन् ।

 पूर्व महामन्त्री समेत रहेका नेता सिटौलाले अदालतले संविधानको पक्षमा फैसला गर्नेमा आफू विश्वस्त रहेको बताए । नेता सिटौलाले प्रधानमन्त्रीले संविधानमाथि आक्रमण गरेको समेत आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ