arrow

अझै घटेन ब्रजिलमा सङ्क्रमणबाट मृत्यु हुने क्रम

logo
सिन्ह्वा,
प्रकाशित २०७७ फागुन १० सोमबार
corona-brazil2.jpg

ब्रजिल । पछिल्लो समयमा ब्रजिलमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट मृत्यु हुने नागरिकको सङ्ख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार सोमबार बिहानसम्ममा ब्रजिलमा यो भाइरसबाट कम्तीमा पनि २ लाख ४६ हजार ५०४ जनाको ज्यान गएको छ ।
 
यसरी यहाँका नागरिक यो सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा २ लाख ५० हजारको नजिक पुगेको बताइएको छ । यहाँ यो सङ्क्रमणबाट पछिल्लो समयमा धेरैको मृत्यु भएको पाइएको छ ।

ब्रजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् सोमबार बिहानसम्ममा ब्रजिलमा कोरोनाको कारण २ लाख ४६ हजार ५०४ जनाको मृत्यु भएको छ ।

ब्रजिलमा पछिल्ला दिनहरूमा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको यहाँका अधिकारीहरूले जानकारी दिएका हुन् । ब्रजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

ब्रजिलमा गत २४ घण्टामा ५२७ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट नै मृत्यु भएको पाइएको छ । केही महिना यता देखिको मृत्यु सङ्ख्या हेर्दा एकै दिनमा भएको यो मृत्यु धेरै त होइन तर पनि यहाँ मृत्यु हुनेको सङ्ख्या भने उल्लेख्य रूपमा घट्न सकेको छैन ।  

त्यसै गरी गएको २४ घण्टा यता मात्र गरेको परीक्षणका क्रममा कम्तीमा पनि २९ हजार जनामा सङ्क्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

गत सातासम्म यहाँका कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको बताइएको थियो तर अहिले भने यो सङ्ख्या घट्दै गएको छ । दक्षिण अमेरिकामा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्रजिलमा अहिलेसम्म कोरोनाका १ करोड १६ लाखभन्दा बढी नागरिक सङ्क्रमित फेला परिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ