arrow

राष्ट्रपति प्रधानमन्त्रीको रबर स्ट्याम्प : डिला संग्रौला

हिंसाको प्रमुख कारण गरिबी

logo
दयाराम पण्डित,
प्रकाशित २०७७ फागुन १० सोमबार
dilla2.jpg

बाजुरा । नेपाल महिला सङ्घकी पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले राष्ट्रपति विद्यादेवी भण्डारी  प्रधानमन्त्री केपी शर्मा ओलीको बर स्ट्याम्प भएको आरोप लगाएकी छन् ।   बाजुरा पुगेकी डा. संग्रौलाले   प्रधानमन्त्रीद्वारा संसद् विघटनको सिफारिस पश्चात् सोच्दै नसोची संसद् विघटन गर्ने राष्ट्रपति भण्डारीलाई रबर स्ट्याम्प भएको उपनाम दिइन् ।

 उनले जनताले दिएको जनादेशको आडमा कैयौँ नेपालीहरूको रगतले बनेको संविधानको उल्लङ्घन गरी संसद् विघटन गर्ने नेकपाको सरकार असफल सरकार भएको पनि बताइन् । निर्वाचनमा दुई पार्टी मिलेर सरकार आफ्नो हातमा लिने र अहिले सरकारमा रहेका व्यक्तिलाई काम गर्न नदिई संसद् विघटन गर्न बाध्य बनाउने माधव, प्रचण्ड पक्ष पनि सही नभएको र काम गर्न दिइएन भन्ने कुरालाई अड्याएर संसद् विघटन गर्ने प्रधानमन्त्री ओली गलत र असफल भएको प्रेस मिटमा जानकारी गराइन् ।

महिला हिंसा, बलात्कार र हत्याको प्रमुख कारण गरिबी र चेतनाको कमी भएको उनले बताइन् । देशमा बढी रहेको महिला हिंसा तथा बलात्कारपछि हत्या जस्ता जघन्य अपराधलाई न्यूनीकरणका लागि बुटवलबाट अभियान सञ्चालन गर्दै बाजुरा पुगेकी डा. संग्रौलाले प्रेस युनियन बाजुराले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त अभिव्यक्ति दिएकी हुन् ।

पत्रकारले यौन हिंसा, महिला हिंसा र हत्याका घटना बढ्नुको प्रमुख कारण के हो ? भनी सोधेको प्रश्नको जवाफ दिँदै आफूहरूले लामो समयसम्म सञ्चालन गरेको अभियानको अध्ययन अनुसार गरिबी तथा चेतनाको कमी नै हिंसाको प्रमुख कारण भएको निष्कर्ष रहेको बताएकी छन् ।

हत्या,हिंसा र बलात्कारलाई मुख्य एजेन्डा बनाई अभियान सञ्चालन गर्दै आएकी नेतृ संग्रोलाले पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै गरिबी तथा चेतनाको कमीले नै यस्ता जघन्य अपराधहरू हुँदै आएको र यसमा पनि ठुलाबडाहरूको नै हात भएको पनि बताइन् । ठुलाबडाका आसेपासेले यस्ता यस्ता खालका घटनाहरू गर्ने र पैसाको चलखेलमा अपराधी पत्ता नलाग्ने र लागे पनि निर्दोषले कारबाही भोग्नुपर्ने अवस्था सिर्जना हुने आफ्नो निष्कर्ष रहेको उनको अभिव्यक्ति थियो ।

सत्ता र शक्तिको आडमा प्रहरीको अनुसन्धान पनि फितलो हुने गरेको उनको आरोप छ । ५० प्रतिशत हिंसा फितलो अनुसन्धान र पचास प्रतिशत हिंसा गरिवीकाकारण सम्बद्ध निकायमा पुग्न नपाई गाउँमै मिलिोमतोको आधारमा मिलाउने गरेको उनको बताइन् ।  
 
 बाजुरा जिल्लामा आधारभूत पुर्वाधारहरुको किन विकास भएन ? भन्ने प्रश्नको एक जवाफमा नेकपाका बाजुराकै नेता कर्ण थापाले के हेरिरहेका छन् । भन्ने प्रतिपश्न पनि गरेकी थिइन् । उनले पत्रकारले बाजुराका स्थानीय तहमा नेपाली काँग्रेसको बाहुल्यता भए पनि किन विकास भएन भन्ने प्रश्नमा बाजुरामा नेपाली काँग्रेसबाट आएका जनप्रतिनिधिले सक्दो प्रयास गरी विकासमा जुटी रहेको र कुनै स्थानियतहमा नेकपाबाट आएका जनप्रतिनिधिले नै विकासमा बाधा पुर्‍याएको र प्रदेश र सङ्घमा नेकपाको सरकार भएकाले उनीहरूले विकासमा बाधक नबनी सहजीकरण गर्नुपर्ने प्रसङ्गमा नेकपाबाटका बाजुराका नेता कर्ण बहादुर थापा कँहा गएको र के गरिरहेको भनी प्रतिप्रश्न गरिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ