arrow

सरकारी बैंकमा कमिशन बिना ऋण पाइएन

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
bank-manager.jpg

सिराहा । जिल्लामा सरकारी बैंकहरुले कमिशन लिएरमात्र ऋण लगानी गरिरहेको पाइएको छ । पीडितहरुका अनुसार राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंकले बिना कमिशन ऋण लगानी गर्दैनन् । 

गरिब, किसान र मध्यम वर्गका लागि नेपाल राष्ट्र बैंकले योजना ल्याए पनि ती योजनाहरु कागजमा मात्र सीमित रहेको सरकारी बैंकहरुको व्यवहारबाटै स्पष्ट हुन्छ । 

योसँगै बिना धितो ऋण, कृषि ऋण र युवालाई दिने रोजगारका निम्ति दिने ऋण कागजमै सीमित भएको छ । बाणिज्य बैंक लहान  शाखामा कृषि ऋणको कुरा गर्न जादा ५ प्रतिशत कमिशन दिएमात्र काम हुने ऋण अधिकृत लक्ष्मी न्यौपानेले बताएको एक पीडितले बताए । 

त्यस्तै कृषि विकास बैंकमा पनि ५ प्रतिशत नै कमिशन मागेको नेपाली कांग्रेसका युवा नेता परमेश्वर साह ले बताए । आफ्नै कृषि फार्म रहेको र कुरा गर्न जाँदा बाणिज्य बैंकका न्यौपानेले आज भोलि गर्दा गर्दै ४–५ भइसकेको साहको गुनासो छ । 

‘तपाई कमिशन दिनुहुन्न अनि कसरी दिन्छ त ऋण ?’ एक साहजस्तै ग्राहकले नाम नभन्ने सर्तमा बताए । ‘नाम भन्यो भने मेरो काम बिग्रिन्छ’ उनले सुनाए । 

कृषि विकास बैंक र नेपाल  बैंक लिमिटेड लहानको पनि यहि हालत रहेको साहले बताए । उनले भने, ‘सरकारी बैंकहरु निर्देशन मान्न तयार छैनन् अब राष्ट्र बैंकको ध्यान जाओस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ