arrow

बाबुको हत्या अभियोगमा छोरा पक्राउ

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
pakrau-jail.jpg

कास्की । आफ्नै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी  कार्यालय कास्कीले छोरालाई पक्राउ गरि मंगलबार सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई पोखरा महानगरपालिका–३२ महकुना बस्दै आएका ५८ वर्षीय बुबा जुमबहादुर कामीको हत्या गरेको अभियोगमा ३४ वर्षीय छोरा रामकृष्ण कामीलाई पक्राउ गरेको हो ।

घरको झर्‍याङबाट खसेर मृत्यु भएको सूचनाका आधारमा घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाकको प्रहरी टोलीको अनुसन्धानका आधारमा फागुन ९ गते राती बाबु छोराबीच विवाद हुँदा छोराले ढोकामा प्रयोग हुने चारपाटे काठको औलो प्रहारबाट उनको मृत्यु भएको खुलेको हो ।

निजलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदातलबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ