arrow

सोती नरसंहारः न्यायको प्रत्याभूति नभए विद्रोहको चेतावनी

logo
प्रकाशित २०७७ फागुन २४ सोमबार
soti-narasamhar-pidit-rahat.jpg

काठमाडौं । गत जेठ १० गते भएको रुकुम पश्चिम सोती नरसंहारका पीडितहरुले दोषीहरुलाई कडा कारबाहीको माग गर्दै न्यायालय गुहारेका छन् । सामाजिक तथा राजनीतिक रुपमा दबाब सिर्जना गर्दै आएका पीडितहरुले अदालतमा विचाराधीन मुद्धालाई चाँडै निष्कर्षमा पुर्याउन आह्वानसमेत गरेका छन् । 

पीडितहरुले सर्वोच्च अदालतमा भएको बहसमा न्याएको याचना गरेका थिए । पीडितहरुको पक्षमा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको संयोजकत्वमा माइतीघर मण्डलामा बृहत् विरोध सभासमेत गरेको छ ।

विरोध सभालाई सम्बोधन गर्दै अभियान पश्चिमका संयोजक खगेन्द्र सुनारले नवराज हत्याकाण्डका अपराधीहरुलाई ढाकछोप गरेर न्यायको प्रत्याभूति नभए विद्रोहको चेतावनी दिए । उनले दलितमाथि अन्याय गर्छ भने सरकारसँग पनि कडा रुपमा प्रस्तुत हुने बताए ।

विरोध सभामा बोल्दै अभियानका पूर्व संयोजक राजेश विद्रोहीले अपराधीहरुलाई कारबाही नभएसम्म सरकारलाई अन्तिमसम्म दबाब दिइरहने बताए ।

प्रदेश सभा सांसद तथा दलित नेतृ कल्पना नेपालीले अपराधीहरुलाई कुनै पनि हालतमा छुट्न नदिइने र छुटाउन खोज्ने चलखेल गर्ने कुनै पनि सामन्तीलाई सजिलै नछोड्ने बताइन् । विरोध सभामा दलित अधिकारकर्मी र कलाकारहरुको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ