arrow

सोती हत्याकाण्ड

सोती हत्याकाण्ड, ज्यूँकात्यूँ छुवाछुत, जनार्दन शर्मा र प्रधानमन्त्री ओली

logo
लोकेन्द्र विश्वकर्मा
प्रकाशित २०७७ पुष २० सोमबार
rukum-dailit-murdered.jpg

काठमाडौं । जातीय बिभेदकै कारण रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज विक सहित उनका पाँचजना साथीहरुको क्रुर हत्या गरियो । गएको जेठ १० गते, मल्ल थरकी दुलही लिन गएका नबराज सहित उनका ५ जना साथीहरु भेरी नदीमा घण्टौंसम्म माछाहरुको आहारा बन्न पुगे । घरेलु हातहतियार ‘कोदालो, घन, हँसिया’ आदिको चोट लागेको अवस्थामा उनीहरुको शब स्थानीय बासिन्दाले भेरीनदीबाट निकालेका थिए । 

साथीको लागि ज्यानको बलिदान दिन वाध्य पारिएका गणेश बुढा, सन्दीप बि.क ‘सन्जु’, लोकेन्द्र सुनार, टिकाराम सुनार, गोविन्द शाहीको धारिला चोटहरु लागेको चोटहरुसहितको शब भेटिए । ६ जनाको शव त्यही सेरोफेरोमा ढिला भेटिदा हत्या गरेको पुष्टि हुँदै गयो । यता केही शब अझै भेटिएका थिएनन् । उता  रुकुम पश्चिमका जनप्रतिनिधि तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले ‘तत्कालिन संसदमा यो घटना जातीय बिभेदले निम्तियाएको पनि होइन, मारेको पनि होइन, भेरीनदी तर्नेक्रममा खोलामा आफै डुबेर मरेका हुन’ भन्ने सफेद झुट बोले । जनार्दन शर्मा, रुकुमका प्रहरी, स्थानीय सरकारहरुले घटनाका प्रमाणहरु कमजोर बनाउँदै गए । सोतीका गाउँलेले हत्या गरेर गोठमा थन्क्याएका शब बिस्तारै भेरी नदीमा दिनबिराइ उहिं सेरोफेरोमा फालेका थिए । जस्को शब एकै सेरोफेरोमा भेटिएबाट पनि प्रष्ट छ । यता शाहीको शब १० दिनपछी त्यही सेरोफेरोमा भेटिएको थियो।

लासमा राजनीति 
जनार्दनका भाइबन्धु, इष्टमित्रनै मुख्य पात्र भएको हुँदा सोती हत्याकाण्डमा ठूलो राजनीतिक चहलपहल भयो । जनार्दनले त्यतिबेला मारिएका ६ युवाहरुको लासमा राजनीति गर्न पुगे । क्रान्तिकारी जनार्दनले त्यतीबेला भाइबन्धु, इष्टमित्र बचाउँ अभियान चलाए। साथमा देशका मुलधारका मिडिया र मानिएका पत्रकारहरुको मुखमा गतिलो भ्रष्टाचारको मास्क लगाई आफ्ना पक्ष लेख्न र बोल्न रुकुम र जाजरकोट पठाए । उनले घटनालाई ढाकछोप गर्न खोजेको तितो सत्य हो यो। 

प्रधानमन्त्री र जनार्दन 
पछिल्लो समय नेकपा दुई समुहमा विभाजित भएको छ । प्रधानमन्त्रीको केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन पछि नेकपा दुई समुहमा विभाजित भएको हो। सोती घटनाको विश्वब्यापी रुपमा आलोचना हुँदा मुखबन्द गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार, बालुवाटारमा पीडितहरुसँग भेटवार्ता गरी पीडितहरुलाई न्याय दिलाउने प्रतिवद्धता ब्यक्त गरे । यद्यपी सोती हत्याकाण्ड अहिलेको परिवेशमा नेकपाको दुई समुह नभएको भए, यस्तो अबस्था नरहने अधिकारकर्मीहरुको भनाइ छ । 

यता नेकपाको बिभाजनमा जनार्दन शर्मा प्रचण्ड नेपाल समुहमा पक्षमा रहेका छन् । उक्त सोती घटनाका नाइकेहरु जनार्दनका मुख्य सहयोगी पात्रहरु हुन् । त्यसकारण पनि प्रधानमन्त्री ओलीले सोती घटनाका पीडितहरुलाई न्याय दिने प्रतिवद्धता गरेको हुनसक्ने अनुमान गरिएको छ । पीडितलाई अझैपनि न्याय पाउने विश्वास छैन । पछाडि पर्खेर नियाल्दा देशका ठूल्ठूला घटनाहरुले कति न्याय पाए ? गम्भिर प्रश्न खडा भएको छ । मन्त्रीदेखी सुकिला, मुकिला, टाकुरेहरुका आफन्त नै यस्ता घटनाका मुख्य पात्र बन्ने गरेका छन् । नबराज हत्याकाण्ड कारुणिक मात्रै होइन, बैज्ञानिक समाजको नारा ठोक्नेहरुको यथार्थ हो ।

यतिखेर पीडितहरु न्यायको लागि काठमाडौंको गल्लीहरुमा भौतारिइरहेका छन्। पीडितको एउटा झिनो आशा र प्रश्न प्रधानमन्त्रीतिरै तेर्सिएको छ । के ओलीले न्याय दिलाउँछन् ? नेपालको संविधान तथा अन्य काुननको पानाहरुमा जातीय विभेद अन्त्यको प्रावधान राखिएको बर्षौ बर्ष भयो । वर्गीय मुद्धा बोकेर युद्ध छेडिएको दशकौं भयो । समाजमा सबै किसिमका जातीय छुवाछुत अन्त्यका लागि कानुन निर्माण भएर कार्यान्वयन शुरु भएको पनि बर्षौ भयो । तर छुवाछुत ज्यूकात्यूँ छ । छुवाछुत निम्त्याउनेहरु कहिल्यै कानुनी कठघरामा उभिन सकेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ