- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्वीर खिचेका छन् । उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्वीर लिएको बीबीसीले लेखेको छ ।
अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले बीबीसीलाई भने, ‘यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो।’
उनलाई शुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन। तर मोबाइलमा तस्वीरहरु हेरेपछि उनले उक्त चरालाई ‘बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम’ भएको हुन सक्ने आशङ्का गरेका थिए ।
बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन् ।
द्विलिङ्गी वा उभयलिङ्गी चराहरु दुर्लभ हुन्छन् । भाले कार्डिनलहरु चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरु फिक्का खैरो रङ्गका हुन्छन् ।
यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ।