arrow

रघुजी पन्त र कोमल वलीबीच ‘वार’: हामीले नेता मानेका रघुजी पन्त कति ‘निच’ ?

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
komal-oli-ncp-mp.jpg

काठमाडौं । नेकपा नेता रघुजी पन्त एक अभिव्यक्तिका कारण विवादका तानिएका छन् । राष्ट्रिय सभा सदस्य कोमल वलीलाई लक्षित गर्दै पन्तले अभिब्यक्ति दिएपछि कोमलले पन्तलाई ‘निच’ सम्म भन्न भ्याएकी छिन् ।

पन्तले महिला नेतृहरु पिंडुला देखाएर पदमा पुग्न सफल भएको अभिव्यक्ति दिएपछि वलीले आक्रोस व्यक्त गर्दै ‘निच’ शब्द प्रयोग गरेकी हुन् ।

वलीले सामाजिक संजालमा लेखेकी छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदोरहेछ भन्ने बल्ल आएर खुलेको छ ।’
उनले पन्तलाई महिला नेतृहरु कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्न सफल भएको हो ? भनी प्रश्न गरेकी छिन् ।

अन्जली सुवेदीले ट्वीटरमा लेखेकी छिन् …सेतो पिडुँलाप्रति कत्रो राग ? द्वेष ! यो आम पुरुष मानसिकता पनि त्यस्तै दूषित रहेको उदाहरण हो कि ? जे होस् रघुजी पन्त र विनयजंग बस्नेतले उस्तै उस्तै बोले। एउटामात्रै जेलमा छ।’

मानवी पौडेलले पनि पन्तको अभिब्यक्तिप्रति खेद ब्यक्त गर्दै लेखेकी छिन् ‘कोमल वलीको आत्मसम्मान विरुद्ध बोल्नु आम महिलाको अपमान हो, राजनीतिमा रहेका महिला प्रतिको निकृष्ट अभिव्यक्ति हो।

राजनीतिलाई फगत राजनीति बनाएर चर्का कुरा गर्ने र दाउपेचको बाटो हेर्नेको कुरा आफ्नो ठाउँमा छ। तर, छुद्र अभिव्यक्ति दिने रघुजी पन्तले यस सम्बन्धमा जवाफ दिनैपर्छ।’

नेविसंघ नेतृ तथा सामाजिक अभियन्ता एलिजा ढकाल लेख्छिन्–‘हाम्रो समाजमा धेरै रघुजी पन्तहरु छन् । जो महिलालाई उसको क्षमता भन्दा लिङ्गसंग जोडेर हेर्छन । कोमल वलीभन्दा पहिले कम राजनीतिक योगदानका बाबजुद कोहि पुरुष सांसद भएका कोहि पुरुष सांसद भएका थिएनन् ? बिरोधको पनि तरिका हुन्छ। चरित्रमै प्रश्न उठ्नुले महिलाको निम्ति हरेक क्षेत्र असहज र असुरक्षित बन्न जान्छ।’

वलीले लेखेकी छिन्ः ‘हामीले नेता मानेका रघुजी पन्त कति निच हुनुहुँदो रहेछ भन्ने बल्ल आएर खुलेको छ । पन्तजीलाई मेरो प्रश्न ? तपाईको पार्टीमा कुनै पदमा रहनु भएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नु भएको हो ? के यो देशमा महिलाले कुनै काम गर्न, कुनै पदमा पुग्न र सफलता हासिल गर्न तपाईको जस्तो दरिद्र सोचको सिकार हुनुपर्छ ?’

नेकपाको प्रचण्ड-नेपाल पक्षका नेता पन्तले प्रधानमन्त्री केपी ओलीलाई समेत जोडेर भनेका छन् -अहिले महिलाहरु पनि केपीतिर पनि लागेका छन् । २० औं वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरु पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् । केपी ओलीले कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै ‘पोइल जान पाँउ’ भनेपछि सांसद त तिनैले पाइन् । कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरु न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् न केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।’

पन्तमाथि राजनीतिक संस्कार नभएको भनी आलोचना भइरहँदा वलीका गीतहरु भने कति महिलामैन्त्री छन् भन्ने पनि प्रश्नहरु उठेका छन् । यद्यपी, पन्तको अभिब्यक्तिलाई लिएर महिला अधिकारकर्मीहरुले चर्को आलोचना गरिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ