- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
दार्चुला । नौगाड गाउँपालिका-४ सिप्टीमा रहेको गणेश विनायक माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ ।
एक साता अघिदेखि विद्यार्थीहरु लेख्दालेख्दै र पढ्दापढ्दै एक्कासी बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको जनाइएको छ ।
एक साता अघिबाट छात्रामा रुने, कराउने, काम्ने, र बेहोस हुनेजस्ता समस्या देखिएपछि विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक कल्याण सिंह धामीले जानकारी दिए ।
शुरु शुरुमा कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरुमा यो समस्या देखिएपनि अहिले कक्षा ३ र ४ का छात्राहरु दैनिकजसो एक्कासी बेहोस हुने गरेको उनको भनाइ छ ।
उनले भने, ‘अघिल्लो सातादेखि नै छात्राहरुमा यस्तो समस्या देखिइरहेको छ तर, पछिल्ला दिनहरुमा दिनानुदिन ७/८ विद्यार्थीहरु बेहोस हुन थालेपछि तत्कालका लागि विद्यालय बन्द गर्ने निर्णय गर्यौं ।’
दिनहुँ आधा दर्जन विद्यार्थी बेहोस हुन थालेपछि वडा अध्यक्ष, स्थानीय प्रहरी चौकी र विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय पछि विद्यालय बन्द गरिएको हो ।
विद्यार्थीहरु धामाधम बेहोस हुन थालेपछि पठनपाठन समेत प्रभावित भएको छ भने अभिभावक तथा शिक्षकहरु त्रसित बनेका छन् ।