arrow

दार्चुलामा जीप दुर्घटना, चालकसहित तीन जनाको मृत्यु

logo
प्रकाशित २०७७ फागुन २२ शनिबार
dcarchula-accident.jpg

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-८ का ७० वर्षीया वृद्धा सुनादेवी पन्त, ४० वर्षीय पदमराज पन्त र लेकम गाउँपालिका-६ का जीप चालक ३८ वर्षीय करन नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।

दुर्घटनामा परी जीपमा सवार अन्य ४ जना घाइते भएको छन् । घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धिबल्लव पन्त, सोही ठाउँका १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय बसन्त पन्त र ७० वर्षीया गंगा पन्त रहेको उनले बताए ।

गोकुलेश्वरबाट रिठाचौपाता आइरहेको ग३ च१६९३ नम्बरको जीप लेकम गाउँपालिका-६ उचाकोटमा दुर्घटनामा परेको हो । कच्ची सडक भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । जीप सडकबाट भण्डै एक सय मिटर तल खसेको बताइएको छ । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ