arrow

बसमा सवार दुई जना पेस्तोल सहित पक्राउ

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ फागुन २३ आइतबार
with-gun.JPG

कावासोती  । पुर्वी नवलपरासीको चालिसकिलोबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्लाको पुर्व पश्चिम सडक खण्ड अन्तर्गत कावासोती-१६ चालिसकिलो जंगलमा सवारी साधन रोकेर चेक जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

 पश्चिमबाट पूर्व तर्फ आउदै गरेको ना ५ ख ६५६३ नं.को बसमा सवार गोरखा चुमनुम्बी गाउँपालिका-३ बस्ने दयाराम कार्कीको साथबाट कम्पनीको नाम नखुलेको पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

उनीसँगै रहेको सोही स्थानका गोविन्द गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिप कुमारले जानकारी दिए ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ