arrow

५० बर्षपछि दार्जिलिङ पुगेका पूर्वराजा ज्ञानेन्द्रले जवाफ फर्काए : ‘आइ डन्ट नो हिन्दी’

logo
हाम्रा कुरा
प्रकाशित २०७७ फागुन २४ सोमबार
Gyandra.jpg

काठमाडौं । केही सातादेखि झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले दार्जिलिङ भ्रमण गरेका छन्। झापाबाट गाडीमा काँकडभिट्टा र सिलिगुढी हुँदै उनी उनी आफूले शिक्षा हासिल गरेको दार्जिलिङ पुगेका हुन्।

नितान्त पारिवारिक भ्रमणमा निस्किएका पूर्वराजाले आफू ५० बर्षपछि दार्जिलिङ आएको बताएका छन्। भ्रमणको उद्देश्यबारे उनलाई संचारकर्मीहरुले हिन्दीमा प्रश्न सोधेपछि ‘आइ डन्ट नो हिन्दी’(म हिन्दी जान्दिन) भन्दै नेपालीमा जवाफ फर्काएका थिए ।

त्यसक्रममा उनले दार्जिलिङ भ्रमणको उद्देश्य शुभकामना दिन र छुट्टी मनाउनका लागि आएको प्रतिक्रिया दिएको एउटा भिडियो क्लिप्स सामाजिक संजालमा निकै भाइरल बनेको छ ।

पैदल यात्राका क्रममा उनलाई स्थानीय सञ्चारकर्मीले पटक पटक दार्जिलिङ भ्रमणको उद्देश्य सोधेका थिए ।

गत वर्ष सिक्किमलगायत क्षेत्र भ्रमण गरेका पूर्वराजा ज्ञानेन्द्र र आफ्ना दाजु वीरेन्द्रले सन् १९६५ तिर दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा अध्ययन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ