arrow

बसले स्कुटरलाई ठक्कर दिँदा राजेन्द्रको मृत्यु, पूर्ण गम्भीर

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ फागुन २६ बुधबार
accident-1.jpg

झापा । झापामा यात्रुबाहक बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन् । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीय राजेन्द्र देवान रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका–९ एलम्बर चोकमा मंगलबार बिहान १० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख २७४६ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको को ३८ प ४१९४ नम्बर को स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटना परी स्कुटर चालक राजेन्द्र देवान र सोही स्कुटरको पछाडि सवार चुलाचुली ४ बस्ने ४० वर्षीय पूर्ण राई गम्भीर घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा चालक देवानको उपचार क्रममा मङ्गलबार बिहान ११ बजे मृत्यु भएको हो । 

दुवै सवारीसाधनसहित बस चालक अर्जुनधारा नगरपालिका ११ नयाँ बस्ती बस्ने ४० वर्षीय मानबहादुर पुरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ