- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बढ्दो बजारलाई लक्षित गर्दै इन्स्टाग्रामको मुख्य कम्पनी फेसबुकले इन्स्टाग्राम लाइट एप सार्वजनिक गरेको छ । यसअघि इन्स्टाग्राम ३५ एमबीको रहेको छ ।
फेसबुकले १७० देशमा इन्स्टाग्राम लाइट सार्वजनिक गरेको हो । यसमा फोटो भिडियो हेर्न सकिने, स्टोरी राख्न सकिने, स्टिकर जोड्न सकिने लगायतका सबैजसो फिचरहरू उपलब्ध छन् ।
यद्यपि डार्क मोड र अन्य केही ग्राफिक्स अप्सनहरूमा भने यो एपमा छैनन् । अहिले सम्म १० लाखभन्दा बढी डाउनलोड भइसकेका एपको भविष्यको अपडेटमा यी फिचर पनि थप गर्ने फेसबुकले जनाएको छ ।