arrow

एकता खारेज भएसँगै एमालेलाई लुम्बिनी प्रदेश टिकाउन तीन सांसद अपुग

राजनैतिक दलहरूसँग वार्ता गर्न लुम्बिनी प्रदेशमा काँग्रेस द्वारा कार्यदल गठन

logo
नारायण वली,
प्रकाशित २०७७ फागुन २६ बुधबार
shankar-pokhrel2.jpg

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी नेकपा खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै एमालेलाई लुम्बिनीमा प्रदेश सरकार टिकाउन तीन सांसद अपुग भएको छ ।  लुम्बिनी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार रहेको छ । सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा प्रदेश सरकार सङ्कटमा पर्ने निश्चित भएको छ ।

 एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनबाट लुम्बिनी प्रदेश सभाको ८७ सिट मध्ये नेकपा एमाले बाट ४१ जना र माओवादी केन्द्र बाट २० जना प्रदेश सांसद निर्वाचित भएका थिए । तर, अदालतको फैसलापछि दुई पार्टीको एकता खारेज भएसँगै सरकार टिकाउन अव नेकपा एमालेलाई ३ जना सांसद अपुग हुने भएको हो ।

त्यस्तै, लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद रहेका छन् । अब मुख्यमन्त्री शङ्कर पोख्रेलले बहुमत पुर्‍याउन राष्ट्रिय जनमोर्चा बाहेक अन्य कुनै एक दलको समर्थन लिएमा पुग्ने देखिएको छ ।

साथै राजनीतिक फेरबदललाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली काँग्रेसले विभिन्न राजनैतिक दलहरूसँग वार्ता गर्नका लागि एक कार्यदल गठन गरेको छ ।

नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य नेता शङ्कर पोख्रेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेपछि काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनोडियाले बुधवार एक कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा काँग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान, वीर बहादुर राना र रमा अर्याल रहेका छन् ।

कार्यदल संयोजक एवं नेपाली काँग्रेस प्रमुख सचेतक खानले प्रमुख प्रतिपक्षी दल अल्पमतमा परेपछि पछिल्लो राजनीतिक परिस्थितिमा सरकारको नेतृत्व लिने गरी माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतका दलहरूसँग छलफल, संवाद र परामर्श गर्ने बताएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ