arrow

पशुपतिनाथमा भरतनाट्यम

logo
प्रकाशित २०७७ फागुन २७ बिहिबार
bharatnatyam.jpg

काठमाडौं । महाशिवरात्रिको अवसरमा स्वामी विवेकानंद सांस्कृतिक केन्द्र काठमाडौंले भगवान् पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको पवित्र तटमा भरतनाट्यम नृत्यको प्रस्तुति आयोजना गरेको छ ।

प्रख्यात नेपाली कलाकार सुलोचना गोपाली र सोजान रघुवंशीले उनका समूहका साथ प्रख्यात भरतनाट्यम नृत्य अन्तर्गत शिव तांडव, नाटेश कौथुभम आदि प्रस्तुत गरेका छन् । 

यस सांस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक–सांस्कृतिक सम्बन्धलाई लागि अझ सुदृढ बनाउने विश्वास भारतीय दूतावासले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ