- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सातदोबाटो युथ क्लब शहीद सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल च्याम्पियन बनेको छ । च्याम्पियन बनेसँगै सातदोबाटो ‘ए’ डिजिभन लिगमा पुगेको छ ।
दुई खेलअघि नै उपाधि पक्का गरेको सातदोबाटोले आफ्नो अन्तिम खेलमा पनि जित निकाल्यो । बिहीबार भएको अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसिटीलाई १–० गोल अन्तरले पराजित गर्यो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे ।
लिग सकिँदा सातदोबाटोले दोस्रो स्थानको खुमलटार युथ क्लबलाई ३ अंकले पछि पार्दै उपाधि जितेको हो । सातदोबाटोले ११ खेलमा २८ अंक जोड्यो । एक खेलमा मात्र पराजित रह्यो । खुमलटारले २५ अंक रह्यो ।
सातदोबाटोले आगामी सिजनमा ‘ए’ डिभिजन लिग खेल्नेछ । १२ टोली सहभागी प्रतियोगिताबाट पुल्चोक स्पोर्ट्स क्लब ‘सी’ डिभिजनमा घटुवा भएको छ ।
कसले कति रकम जिते ?
उपाधिसँगै सातदोबाटोले १५ लाख रुपैयाँ हात पारेको छ । दोस्रो स्थानमा रहेको खुमलटारले १० लाख रुपैयाँ पायो ।
तेस्रो भएको बाँसबारी युथ क्लबले ८ लाख रुपैयाँ पायो । चौथो भएको ब्वाइज युनियन क्लबले ५ लाख पायो ।
प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त गर्यो ।
को खेलाडी उत्कृष्ट ?
बी डिभिजन लिगमा आफ्नो विधामा उत्कृष्ट हुनेले जनही २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । ती भाग्यमानीहरुमा–
–खुमलटारका सबिन केसी उत्कृष्ट फरवार्ड चुनिएका छन् ।
–सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर चुनिएका छन् ।
–बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर चुनिएका छन् ।
–खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिएका छन् ।
–सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए ।