arrow

ढुङ्गाले लागेर वीररामको मृत्यु 

logo
प्रकाश भट्ट, 
प्रकाशित २०७७ चैत २ सोमबार
darchula.png

दार्चुला । दार्चुलामा ढुंगा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–८ थक्तोली बस्ने  ४५ वर्षीय वीरराम टमाटा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए।

सोमबार बिहान ७ बजेतिर दार्चुला–गोकुलेश्वर सडक खण्ड किनारमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ