arrow

पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३ मंगलबार
nawalpur-janagadana.jpg

कावासोती । आगामी वर्षको जेठ २५ गतेबाट देशै भर सञ्चालन हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ को लागि पूर्वी नवलपरासीमा पनि जिल्ला जनगणना कार्यालय मङ्गलवार बाट सञ्चालनमा आएको छ ।

जिल्लाको कावासोती नगरपालिकाको थकाली चोकमा कार्यालय स्थापना गरेर काम सुरु गरिएको जिल्ला जनगणना कार्यालय पूर्वी नवलपरासीका प्रमुख जितेन्द्र रानाभाटले बताए ।

 जनगणना कार्यालय पूर्वी नवलपरासीका प्रमुख  रानाभाटका अनुसार आवश्यक कर्मचारीलाई अनलाइन मार्फत आवेदन माग गरिदा , इन्टरनेटको पहुँचमा नभएका र चलाउन नजान्नेहरुले फारम भर्न नसक्ने भएकाले चैत्र ५ गतेदेखि ११ गतेसम्म  जिल्ला कार्यालयमा नै आएर फारम भर्न सकिने व्यवस्था गरिएको छ । नवलपुरका लागि ४ सय ७२ जना गणक र १०४ जना सुपरिवेक्षकको माग रहेको छ ।

२०७८ वैशाख २६ देखि जेठ १४ सम्म २० दिनको अवधिमा सुपरिवेक्षकहरू द्वारा घर तथा घरपरिवारको सूचीकरण गर्ने, २०७८ जेठ २५ देखि आषाढ ८ सम्म १५ दिनको अवधिमा गणकहरूबाट मूल गणनाको काम हुने र आषाढ ८ गते जनगणना दिवस मनाउने गरी काम हुने रानाभाटले बताए ।

राष्ट्रिय जनगणना देशै भर एक साथ २०७८ जेठ २५ बाट सुरु भएर असार ८ गते सम्पन्न हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ