arrow

मुख्यमन्त्री शाहीप्रतिको समर्थन : एकातिर फिर्ता, अर्कोतिर कायमै

logo
प्रकाशित २०७७ चैत ४ बुधबार
mahendra-bahadur-shahi-chief-minister.jpg

कर्णाली ।  नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन बुधवारदेखि फिर्ता लिएको निर्णय गरेको छ । कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलसहित १० प्रदेशसभा सदस्य सम्मिलित बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

उक्त बैठकपछि समर्थन फिर्ता लिने निर्णय प्रदेश प्रमुखको कार्यालयमा बुधवारै पठाइएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री पदका लागि गरेको समर्थन संसदीय दलका १० सदस्यको हस्ताक्षर र रोहबरमा यही चैत ५ गतेदेखि लागू हुनेगरी फिर्ता लिने निर्णय यस कार्यालयमा पेश भएको व्यहोरा जानकारी गराइएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बुधवार नेकपा (एमाले) प्रदेशसभा दलका नाममा गरिएको भनिएको गुटगत बैठकको निर्णयप्रति आफू इतर पक्षको ध्यानाकर्षण भएको बताएका छन् ।

प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको ध्यानाकर्षणमार्फत जानकारी गराउँदै योजनामन्त्री ज्वालाले प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेको अवगत गराएका छन् ।

उनले भने, “यस्तो गुटगत बैठक प्रचलित कानून, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ, औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयप्रति हाम्रो असहमति छ ।” ओली र माधव समूहका छुट्टाछुट्टै निर्णय तथा ध्यानाकर्षण सार्वजनिक भएपछि एमाले कर्णालीमा पुनःविवाद शुरु भएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ