arrow

अब नेपालबाट पनि डलर भुक्तानी गर्न सकिने, राष्ट्र बैङ्कले दियो अनुमति

logo
प्रकाशित २०७७ चैत ८ आइतबार
dollar.jpg.jpeg

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विदेशी डलर भुक्तानी गर्न सकिने गरी बैङ्कहरूलाई अनुमति दिएको छ । यस अघिसम्म कुनै पनि विदेशी समान खरिद गर्दा नेपाली बैङ्कबाट डलरमा भुक्तानी गर्न नसकिने अवस्था रहिआएको थियो ।

आइतबार एक सूचना जारी गदै राष्ट्र बैङ्कले खाता नभए पनि ‘क’ र ‘ख’ वर्गका बैङ्कबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

विदेशी सेवा तथा वस्तु आयात गरेबापत रकम भुक्तानीमा कठिनाइ भएपछि राष्ट्र बैङ्कले यस्तो सुविधा मिलाएको हो ।

अब, वाणिज्य बैङ्क र विकास बैङ्कले ग्राहकलाई ५ सय डलर बराबरको प्रिपेड कार्ड जारी गर्न सक्नेछन् । यसबाट अमेजन, नेटफिलिक्स, फेसबुक बुस्ट, लगायत विविध कामका लागि भुक्तानी गर्न सकिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ