arrow

अमेरिका, क्यानडा, बेलायत र ईयुले चिनियाँ अधिकारीहरूमाथि लगाए प्रतिबन्ध

सिन्जियांगमा भइरहेको मानव विरोधी घटनाका कारण प्रतिबन्ध

logo
प्रकाशित २०७७ चैत १० मंगलबार
china-neighbour.jpg

काठमाडौँ । अमेरिका, क्यानडा, बेलायत र युरोपियन युनियन (ईयु)ले संयुक्तरुपमा चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध लगाएको छ । पश्चिमको यो संयुक्त कदमले चीनले सिन्जियांगमा मानव अधिकार उल्लङ्घन र दुरुपयोग गरेको स्पष्ट सन्देश दिएको छ ।

यो प्रतिबन्धले सिन्जियांग क्षेत्रका पूर्व र वर्तमान अधिकारीहरू झु हेलुन, वांग जुन्जेंग, वांग मिंग्सन र चेन मिंग्गुओलाई कालो सूचिमा राखेको हो । यो कदमले सिन्ज्यिांगको उत्पादन र निर्माण कम्पनीहरूलाई समेत लक्षित गरेको छ ।

अमेरिकाले सन् २०२० मै माथि उल्लेखित दुई अधिकारीहरूलाई कालो सूचिमा राखेको थियो भने, अहिले थप दुई जनाले राखेको हो ।

बेलायतका विदेश मन्त्री डोमिनिक राबले संयुक्तरुपमा चालिएको कदमले चीनले सिन्जियांगमा गरिरहेको मानवअधिकार उल्लङ्घनको विषयमा विश्व समुदायले एकमुष्ट रूपमा निन्दा गरेको स्पष्ट पारेको बताएका छन् । उनले चीनले तत्काल अल्पसङ्ख्यक माथिको दमन र शोषण अन्त्य गर्नुपर्ने बताएका छन् ।

त्यस्तै अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकनले 'सिन्जियांगमा मानवअधिकार विरोधी घटनाहरू जारी' रहेको बताएका छन् । उनले तत्काल 'बेइजिङले अब, उइगर मुस्लिम माथिको दमन अन्त्य गर्नुपर्ने' बताएका छन् ।

अमेरिकाले ३० लाख र संयुक्त राष्ट्र सङ्घले १० लाखभन्दा बढी टर्कीस भाषी उइगर मुस्लिमहरूलाई चीनले सिन्जियांगको यातना शिविरमा राखेको स्पष्ट उल्लेख गरको छ । ती शिविरहरूमा भाषा, संस्कृति, परम्परा परिवर्तन गर्न लगाउने र सिन्जियांगका औद्योगिक क्षेत्रमा श्रम शोषण गराउने सम्मका कार्यहरू चीनले गराइरहेको आरोप छ ।

मंगलरवार अस्ट्रेलिया र न्यु जिल्यान्डका विदेश मन्त्रीहरुले समेत प्रतिबन्दहरुको स्वागत गरेका छन् । 'चीनले गम्भीर रूपमा मानव अधिकारको उल्लङ्घन गर्दै जातीय नरसंहार गरिरहेको कुरा यो कदमले स्पष्ट पारेका' अस्ट्रेलियाका विदेश मन्त्री मारिष पन्ने र न्यू जील्याण्डका विदेश मन्त्री नानिया महुता संयुक्त विज्ञप्ति मार्फत भनेका छन् ।

सोमबार सहमति भएको युरोपेली आयोगले चीनमाथि लगाएको प्रतिबन्ध सन् १९८९ पछिकै पहिलो मानिएको छ ।  कालोसूचीमा परेका चारै जना सिन्जियांगका उच्च अधिकारीहरू हुन् ।

यसको बदलामा चीनले मानवअधिकारको क्षेत्रमा लाग्नुको साटो ईयुका १० अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको चिनियाँ कम्युनिस्ट पार्टीको मुख पत्र ग्लोबल टाइम्सले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ