arrow

नवलपुरमा चिनियाँ ठेकेदार पक्ष र नेपाली मजदुरबीच कुटाकुट

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ चैत ११ बुधबार
butwal-road-project.jpg

नवलपुर । पूर्वी नवलपरासीको रजहरमा रहेको बुटवल नारायणघाट सडक आयोजनाको चिनियाँ साइड अफिसमामा चिनियाँ ठेकेदार पक्ष र नेपाली मजदुर बीच कुटाकुट हुँदा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख प्रकाश मल्लका अनुसार दुवै पक्षबीच हात हालाहाल भएको भन्ने जानकारीका आधारमा प्रहरी घटनास्थलमा पुग्दा विवाद साम्य भएको र ६ जना घाइते भेटिएकोले उनीहरूलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।

'नेपाली मजदुरले चिनियाँहरूले वार्तामा बोलाएर पिटेको भनेका छन्,' मल्लले भने, 'चिनियाँ पक्षको भाषा बुझिँदैन दोभासेको खोजी भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त छ ।'

बुटवल-नारायणगढ सडक आयोजनाअन्तर्गत दाउन्ने गैँडाकोट खण्डका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले माटो र डिजल चोरीको अभियोग लगाएर १३ जनाको तबल रोक्का गरेर छानबिन थालेको चिनियाँ ठेकेदार पक्षले जानकारी गराएको बताए ।

उनका अनुसार नेपाली मजदुरहरूले चिनियाँ पक्षले आज वार्तामा बोलाएर एक्कासि कुटपिट गरेको आरोप लगाएका छन् तर नेपाली मजदुरहरूले आफूहरूले नचोरेको दाबी गरेका छन् । 'प्रहरीले अनुसन्धान गर्दै छ चाँडै तथ्य बाहिर आउला,' आचार्यले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ