arrow

रंगेली नगर कमिटीका पूर्व माओवादीहरु एमालेमा समाहित

logo
किरण न्यौपाने   
प्रकाशित २०७७ चैत १४ शनिबार
rangali1.jpg

रंगेली । दुई कम्युनिस्ट पार्टी एकीकरण भई निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) रंगेली नगर कमिटी नै नेकपा एमालेमा समाहित भएको छ ।

पूर्व माओवादीका नेता दल बहादुर बस्नेतसहित नौं वटै वडाका पूर्वमाओवादीहरु समायोजनपछि निर्माण भएको नगर कमिटी र मातृ संगठनहरु नै जिवित रहने गरी एमालेमा समाहित भएका हुन् ।

शनिवार नेकपा (एमाले) नगर पार्टी कार्यालय उद्घाटन क्रममा पूर्व माओवादी तर्फबाटै नगर अध्यक्षको जिम्मेवारी पाएका माओवादी नेता दल बहादुर बस्नेत कार्यक्रमको सभापतित्व गरेका थिए ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवक पूर्व कानुन मन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा नेकपा एमाले लिखित पार्टीको व्यानर अनावरण गर्दै पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।

पुर्व माओवादी र एमाले तर्फबाट समायोजन पछी बनेको पुरानै नगर कमिटी र पद जिम्मेवार रहनेगरी भतभेद भावना नराखी दुवै पार्टी एक भएर बस्ने र चुनाव चिन्ह सूर्य रहने गरी पार्टी कार्यालय उद्घाटन गर्ने निर्णयको निर्णय पुस्तीका पुर्व माओवादी नेता दल बहादुर बस्नेतले वाचन गर्दै मन्तब्य व्यक्त गरेका थिए ।

सो क्रममा माओवादीबाट निर्वाचित भएका जनप्रतिनिधी भने सहभागी थिएनन् । रंगेलीमा माओवादी केन्द्रको तर्फबाट मेयर, उपमेयरसहित तीन वटा वडा अध्यक्ष सहित १७ जनप्रतिनिधी रहेका छन् ।

उनीहरु कानुनी जटिलताले समाहितसहित पार्टी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी नभएको बुझिएको छ । सो क्रममा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङले अब नेकपा एमाले भित्र गुटगत राजनीति नरहने र कम्युनिष्टहरुको मुलधारकै पार्टी नेकपा एमाले रहने बताए ।

प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव संसदमा आए केपी शर्मा ओलीलाई प्रधानमन्त्री स्वीकार गरेर कुनै दलसंग सहकार्य गर्न सकिने गरी छलफल भइरहेको बताउँदै जसपा नेपालसंग गहिरो छलफल भइरहेको बताए ।

उनले नेकपा एमाले फेरी पनि दुई तिहाईको जनमतसहित सरकार पुग्ने विश्वास व्यक्त गरे । सो क्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एव प्रदेश नं.१ का सचिव विनोद ढकाल, नेकपा एमाले नगर सहइन्चार्ज मनोज अग्रवाल लगायतले मन्त्वय व्यक्त गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ