arrow

योग्यता नपुगेको भन्दै मुख्यन्यायाधीश नहकुल सुवेदीविरुद्ध उजुरी 

logo
प्रकाशित २०७७ चैत १६ सोमबार
Nahakul_subidee.jpg

काठमाडौं । संविधानले तोकेको योग्यता नपुगेको भन्दै मुख्यन्यायाधीश नहकुल सुवेदीविरुद्ध उजुरी परेको छ । सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सुवेदी अयोग्य रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका हुन् ।

त्रिपाठीले उजुरीमा लेखेका छन्, ‘निज नहकुल सुवेदीको सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुन न्यूनतम एवं आधारभूत योग्यता समेत पुग्ने देखिँदैन, यस्तो अवस्थामा निजलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नु संविधानको अक्षर एवं भावनाको सर्वथा प्रतिकूल देखिन्छ।’

सुवेदीको योग्यतालाई गम्भीरतापूर्वक लिनुपर्ने उल्लेख गर्दै त्रिपाठीले संसदीय सुनुवाइ समितिकै भूमिकाबारे प्रश्न उठाएका छन् । सुवेदीलाई न्यायपरिषदले सर्वोच्च अदालतका लागि सिफारिस गरेको थियो।

संविधानमा सर्वोच्च अदालतको न्यायाधीश हुन कानुनमा स्नातक पास गरेर उच्च अदालतको न्यायाधीश वा मुख्यन्यायाधीश भएर काम गरेको पाँच वर्ष पुगेको वा कानुनमा स्नातक पास गरेर वरिष्ठ अधिवक्ता वा अधिवक्ताको रूपमा निरन्तर १५ वर्ष वकालत गरेको वा कम्तीमा १५ वर्षसम्म न्याय वा कानूनको क्षेत्रमा निरन्तर काम गरी कानुनविदको रूपमा ख्याति प्राप्त गरेको वा न्यायसेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो भन्दा माथिल्लो पदमा कम्तीमा १२ वर्ष काम गरेको नेपाली नागरिक योग्य हुने भनिएको छ।

मुख्य रजिष्ट्रारसमेत भइसकेका सुवेदी २०६४ सालमा न्यायसेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त भएका थिए । राजपत्राङ्कित प्रथम श्रेणीमा १० वर्ष काम गरेपछि उनलाई  २०७४ सालमा उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त गरिएको थियो। राजपत्राङ्कित प्रथम श्रेणीमा १२ वर्ष काम गरेको अनुभव हुनुपर्नेमा उनको १० वर्षकोमात्रै अनुभव रहेको उल्लेख गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ