arrow

सरकारको निर्णय नमान्दै रुपन्देहीमा खुले विद्यालय

logo
नारायण वली,
प्रकाशित २०७७ चैत १७ मंगलबार
rupandehi-school.jpg

रुपन्देही । केहीयता काठमाडौं सहित देशका विभिन्न जिल्लामा देखिएको वायुमण्डल प्रदूषणका कारण सरकारले विद्यालयहरू बन्द गर्न निर्णय गरेको छ ।  स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालको देखिएकाले सरकारले सो प्रदूषणबाट बच्नलाई मङ्गलवार देखि आगामी चार दिन सम्म सरकारी तथा संस्थागत विद्यालयहरू बन्द गर्न निर्णय गरेको हो ।

तर, सरकारको उक्त निर्णयलाई रुपन्देहीका दुई छाता सङ्गठन प्याब्सन एवं एनप्याब्सनमा आबद्ध संस्थागत विद्यालयहरूले शैक्षिक संस्था बन्द गर्ने निर्णयको उल्लङ्घन गर्दै, विद्यालय खोलेर अटेरी गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था मङ्गलवार (आज) देखि ४ दिन सम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा सोमबार (हिजो) बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।

जुन, स्वास्थ्य प्रतिको असरलाई सतर्कता देखाउनु पर्ने सरकारी निर्णयलाई यहाँका संस्थागत विद्यालयहरूले कार्यान्वयनमा जोड दिएका छैनन् ।

यता, प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेलले बायु प्रदूषणका कारण सङ्घीय सरकारले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको भए पनि जिल्लाका अधिकांश विद्यालयहरूमा परीक्षा सञ्चालन भइरहेकाले परीक्षा नै रोकेर विद्यालय बन्द गर्न नमिलेको बताए । उनले, भने सङ्घीय सरकारको निर्णय भन्दा पनि स्थानीय तहले के निर्णय गर्छन् भन्ने महत्त्व रहेको उल्लेख गरे ।

यस्तै, एनप्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्याल भन्छन्, आफूहरूले विद्यालय सञ्चालन गर्नेबारे कुनै निर्णय नगरिएको बताए । सङ्गठनले विद्यालय खोल्ने निर्णय नगरेको उनले स्पष्ट पारे । उनले विद्यालय बन्द गरेको जनाए ।

सामूहिक विद्यालय परिवार रुपन्देहीका अध्यक्ष गम्भीर गुरुङले विद्यालयहरू सञ्चालन भइरहेको भन्दै, विद्यालय सञ्चालन बारे स्थानीय तह बाट आधिकारिक सूचना नआएको बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ