arrow

एमाले गण्डकी सहइन्चार्ज अधिकारीको पद खोसियो, थापाले पाए जिम्मेवारी

logo
हरि पन्त,
प्रकाशित २०७७ चैत १७ मंगलबार
khagraj.jpg

पोखरा । नेता लीलबहादुर थापा मगरले एमाले गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएका छन् । ओलीका विश्वासपात्र मानिएका पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई हटाएर थापालाई जिम्मेवारी दिइएको हो ।

थापासंगै कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले समेत सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

जिम्मेवारीबाट हटाइएका अधिकारी प्रतिनिधिसभाका सांसदसमेत हुन् । पार्टीको सहइन्चार्जको जिम्मेवारी पाएका थापा बाग्लुङका हुन् । थापामगर राष्ट्रिय जनमोर्चाबाट २०६३ सालमा तात्कालीन माओवादीमा लागेका थिए । 

वि.सं. २०५४ सालमा तत्कालीन जिल्ला विकास समिति बाग्लुङ सभापति बनेका थापामगर अवसरको खोजीमा राजमो छोडेर २०६३ सालमा माओवादी प्रवेश गरेका थिए । माओवादीमा उनले केन्द्रीय सदस्य बनेका थिए ।

उनी पछिल्लो समय संसद् विघटनको समर्थन गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ को साथ छाडेर केपी ओलीको साथमा पुगेका थिए । उनलाई अहिले पार्टीको गण्डकी प्रदेश सहइन्चार्ज दिइएको छ ।

एमालेको गण्डकी प्रदेश अध्यक्षमा पूर्व खेलकुदमन्त्री जगत विश्वकर्मा र सचिव गोविन्दबहादुर नेपालीलाई यसअघि नै जिम्मेवारी दिइएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ गुरुङ भने प्रदेशको इन्चार्जमा यथावत छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ