arrow

पत्रकार महासंघ निर्वाचनः चितवनमा प्रेस युनियनको गठनबन्धन विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
fnj-chitwan-election.jpeg

चितवन । नेपाल पत्रकार महासंघ चितवनमा प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षका प्रेस चौतारीको गठबन्धन विजयी भएको छ । उक्त गठबन्धनका नारायण प्रसाद अधिकारी अध्यक्षमा निर्वाचित भएका छन् । 

कुल खसेको २६६ मतमा अधिकारीले १४६ मत प्राप्त गर्दा प्रेस चौतारी ओली समूह, मिडिया नेपाल र जनपत्रकार संगठनको गठबन्धनबाट उनका प्रतिस्पर्धी तिलक रिमालले ११२ मत  प्राप्त गरे । 

अध्यक्षका स्वतन्त्र उम्मेदवार सूर्यप्रकाश कडेँलले मात्र ४ मत ल्याए । 

उपाध्यक्षमा प्रकाश ज्ञवाली, उपाध्यक्ष महिलामा प्रमिता ढकाल, सचिवमा दिपेन्द्र अधिकारी, समावेशी सहसचिवमा उर्गेन, सहसचिव खुल्लामा आनन्द पोख्रेल, कोषाध्यक्षमा राजेन्द्र आचार्य, महिला सदस्यमा शोभा पुडासैनी, दलित सदस्यमा एलिना पोखरेल, सदस्यमा तुलमान गुरुङ, वसन्त ढुङ्गाना, विप्लव काफ्ले, सरिता पौडेल, अनिल भट्टराई, विवेक पोखरेल, वविलाल तामाङ र ज्ञानेन्द्र तामाङ निर्वाचित भए । सरिता महतो साह यस अघिनै निर्विरोध निर्वाचित भएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ