arrow

पत्रकार महासंघ निर्वाचनः पर्वतमा झिनो मतले प्रेस चौतारी ओली गठबन्धनलाई नेतृत्व

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
fnj-parbat-election.jpg

पर्वत । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत पर्वतमा प्रेस चौतारी ओली समूह, मिडिया नेपाल र जनपत्रकार संगठनको गठबन्धन विजयी भएको छ । गठबन्धनका सन्तोष थापा अध्यक्षमा विजयी भएका छन् । 

प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षका प्रेस चौतारीको गठबन्धन अगन्धर तिवारी भन्दा २ मतको अन्तरमा थापा विजयी भएका हुन् । 

थापाको पक्षमा २८ मत प्राप्त हुँदा तिवारीले २६ मत प्राप्त गरे । 

उपाध्यक्षमा नारायण भुर्तेल, महिला उपाध्यक्षमा इन्दु तिवारी, सचिवमा राजबाबु पिसि, सहसचिव समावेशीमा दिपेश विक, सहसचिवमा निर्मल पौडेल, कोषाध्यक्षमा डिलबहादुर विक विजयी भए । 

त्यसैगरी महिला सदस्यमा रमा सुवेदी, अन्य समावेशी सदस्यमा गिताकुमारी शर्मा, खुल्ला सदस्यमा सुवास लामिछाने, माधव पराजुली, राजन पौडेल, विकासराज पौडेल र महेन्द्रबहादुर जिसी, दलित सदस्यमा लक्ष्मणकुमार सुनार र आदिवासी जनजातितर्फ इन्द्रकुमार जोशी निर्विरोध निर्वाचित भए । 

जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा गणेश पौडेल र रन्जना खत्री निर्विरोध निर्वाचित भए प्रदेश परिषद सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी भए । 

पत्रकार महासंघ पर्वतमा ५४ जना सदस्य छन् । सत्प्रतिशत मत खसेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ