arrow

पत्रकार महासंघ निर्वाचनः सिन्धुपाल्चोकमा प्रेस चौतारी ओली गठबन्धन विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
fnj-sindhupalchowk-election.jpg

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा प्रेस चौतारी ओली समूह, मिडिया नेपाल र जनपत्रकार संगठनको गठबन्धन विजयी भएको छ । 

सो संगठनका जीवन श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् । श्रेष्ठले प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षका प्रेस चौतारीको गठबन्धनकी अध्यक्षकी उम्मेदवार दुर्गा आचार्यलाई पराजित गरे । 

श्रेष्ठको पक्षमा ५६ मत पर्दा आचार्यले ४० मत पाइन् । पत्रकार महासंघ सिन्धुपाल्चोकमा ९७ जना सदस्य आबद्ध रहेकामा ९६ मत खसेको थियो । 

उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्री, सचिवमा विदुर आचार्य, सहसचिव समावेशीमा केदार माझी, सहसचिवमा नानीराम नेपाल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल, महिला सदस्यमा गोमा खत्री, खुल्ला सदस्यमा दिपक खत्री, देवराज सुवेदी, प्रभात श्रेष्ठ, दिनेश दुलाल र अशोक पराजुली विजयी भए । 

जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा ज्ञानेन्द्र तिमिल्सिना र प्रमोद न्यौपाने विजयी भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ