arrow

पत्रकार महासंघ निर्वाचनः मुस्ताङमा प्रेस युनियन गठबन्धन विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
fnj-mustang-election.jpg

मुस्ताङ । नेपाल पत्रकार महासंघको निर्वाचन अन्तर्गत मुस्ताङ जिल्लामा प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षका प्रेस चौतारीको गठबन्धन विजयी भएको छ । उक्त गठबन्धनका सुन्दरकुमार थकाली अध्यक्षमा निर्वाचित भएका हुन् । 

त्यस्तै उपाध्यक्षमा दुर्गादेवी रसाइली, महिला उपाध्यक्षमा तृष्णा गौचन, सचिवमा सुशीलबाबु थकाली, सह–सचिव सरस्वती ल्वागुन, समावेशी सह–सचिव आदित्य रसाइली, कोषाध्यक्ष फुलकुमारी नेपाली रहेका छन् ।

जिल्ला कार्यसमिति सदस्यमा सौरभ चालिसे, वशन्त पौडेल, उत्तम केशी, प्रताप आचार्य, महिला सदस्यमा चन्द्रा नेपाली र दलित सदस्यमा राजु सेन्चुरी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, गण्डकी प्रदेश परिषद सदस्यमा लक्ष्मी पौडेल र केन्द्रीय परिषद् सदस्यमा चन्द्रेश्वर बस्ताकोटी निर्वाचित भएका छन् ।

महासंघ मुस्ताङको दलित तथा महिला सदस्यबाहेक बाँकी सबै प्रेस युनियन गठबन्धनले जितेको हो ।

मुस्ताङमा पत्रकार महासंघका २८ मतदाता रहेकामा २६ जनाले मतदान गरेका थिए । निर्वाचनमा १३ पदमा २२ जनाको उम्मेदवारी परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ