arrow

पत्रकार महासंघ निर्वाचनः कास्कीमा प्रेस युनियनको गठबन्धन विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार

पोखरा । नेपाल पत्रकार महासंघ कास्की जिल्लाको निर्वाचनमा प्रेस युनियन, प्रेस सेन्टर र माधव नेपाल पक्षका प्रेस चौतारीको गठबन्धन विजयी भएको छ । उक्त गठबन्धनकी बिमला भण्डारी अध्यक्षमा विजयी भएकी हुन् । 

उनले १७४ मत ल्याउँदा प्रेस चौतारी ओली समूह, मिडिया नेपाल र जनपत्रकार संगठनको गठबन्धनका अध्यक्षका उम्मेदवार केशवशरण लामिछानेले १२१ भोट मात्रै ल्याए ।

उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना वर्षा, सचिवमा माधव बराल, सहसचिव श्रीराम सिग्देल, सहसचिव समावेशीमा रेमबहादुर विक र कोषाध्यक्षमा कृष्ण दवाडीले जितेका छन् ।

सदस्यहरुमा कन्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ (सुमन), प्रभु अधिकारी, शिवराज बस्ताकोटी, सन्तोष बस्याल, सन्तोष सुवेदी, युवराज गुरुङ (युनिश) र हरि पन्त छन् ।

त्यस्तै, महिला सदस्यमा सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली, आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ र समावेशी जैनव खातुन विजयी भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ