arrow

गण्डकी प्रदेशमा युनियन नेतृत्व गठबन्धनको प्यानल विजयी

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७७ चैत २६ बिहिबार
gandaki-fnj.jpg

कावासोती । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको बुधवार सम्पन्न निर्वाचनबाट नेपाल प्रेस युनियनको नेतृत्वमा बनेको गठबन्धनको प्यानल नै विजयी भएको छ ।

बिहीबार बिहान सम्पन्न मतगणना अनुसार प्रदेश अध्यक्षमा गठबन्धनका तर्फ बाट उम्मेदवार रहेका नारायणप्रसाद शर्मा दीपेन्द्र श्रेष्ठलाई १२४ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । शर्माले ५३८ प्राप्त गर्दा श्रेष्ठले ४१४ मत पाएका थिए ।

त्यसै गरी समितिको उपाध्यक्षमा दीपक भट्टराई(५२२ मत) महिला उपाध्यक्षमा सोनी शर्मा (५५२ मत) र महासचिवमा गोविन्दप्रसाद सुवेदी (५७३ मत)विजयी भएका छन् ।

त्यसै गरी खुला सचिवमा यदुनाथ बन्जारा(५९२ मत) समावेशी सचिवमा सुशिलबाबू श्रेष्ठ (५२४ मत) कोषाध्यक्षमा राजेन्द्र न्यौपाने (४५३ मत) निर्वाचित भएका हुन ।

सात वटा खुल्ला सदस्यमा पदमा गठबन्धनकै ताराप्रसाद शर्मा(६०९ मत) परशुराम शर्मा आचार्य (६०६ मत) प्रकाश डोटेल (६०५ मत)प्रदीप पौडेल (६६७ मत) रमेश बस्ताकोटी (५३२ मत) लोकेन्द्रबहादुर सुनार (५३४ मत) र सुनिल पाण्डे (६२६ मत) विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

त्यसै गरी ३ वटा महिला सदस्य तर्फ रन्जिता शर्मा (५५५ मत) राधिका शर्मा कँडेल (६१८ मत) र रोशनी गुरुङ (५६९ मत) , दलित सदस्यमा सानेबहादुर नेपाली (५२० मत) आदिवासी जनजाति सदस्यमा रामजी राना ( ५४९ मत) र रुद्रबहादुर थापा (५७० मत) र अल्प सङ्ख्यक सदस्यमा पदम छन्त्याल (५५४ मत)विजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ