arrow

पत्रकार महासंघ मोरङमा सञ्जीव खनाल

logo
विवेक मिश्र,
प्रकाशित २०७७ चैत २६ बिहिबार
morang-fnj-sanjib.JPG

मोरङ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा सञ्जीव खनाल निर्वाचित भएका छन् । बुधबार भएको मत गणनाको अन्तिम नतिजामा प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलका शंकर खरेललाई ६ मतान्तरले पराजित गर्दै प्रेस चौतारी प्यानलका खनाल निर्वाचित भएका हुन् ।  

खनालले ९८ मत ल्याउँदा खरेलले ९२ मत ल्याए । यस्तै उपाध्यक्षमा भने संयुक्त प्यानलका मोहन भट्टराई ९७ मतसहित विजयी भए । उनी आफ्ना प्रतिस्पर्धी चौतारीका सन्तोष सिग्देलभन्दा ४ मतले विजयी भए ।

यसैगरी महिला उपाध्यक्षमा युनियन–सङ्गठन प्यानलकी तारा आचार्य एक सय सात मतसहित विजयी भइन् । उनकी प्रतिस्पर्धी प्रेस चौतारीकी चिना थापाले ७५ मत पाइन् ।

सचिवमा चौतारीका नेत्रप्रसाद अधिकारी विजयी भए । नेत्रले ९६ मत पाउँदा उनका प्रतिस्पर्धी युनियन–सङ्गठनका हरि अधिकारीले ९४ प्राप्त गरेका थिए ।

त्यस्तै समावेशी सहसचिवमा अनिल श्रेष्ठ, खुला सहसचिवमा युनियन–सङ्गठन प्यानलकै पर्शुराम निरौला विजयी भए । यसैगरी कोषाध्यक्षमा सुमन सुस्केरालाई हराउँदै अभयकुमार राई विजयी भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ