arrow

पत्रकार महासंघ काठमाडौँको अध्यक्षमा सुवेदी, सचिवमा महेश्वर

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २७ शुक्रबार
fnj-kathmandu-election.jpg

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँको अध्यक्षमा सूर्य सुवेदी विजयी भएका छन् । महासङ्घ काठमाडौँको बिहीबार राति सम्पन्न मतपरिणामअनुसार सुवेदी ७१३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मोहन पन्तले ३३७ मत प्राप्त गरेका छन् । 

यस्तै उपाध्यक्षमा रामचन्द्र दुलाल (भाञ्जा) महिला उपाध्यक्षमा अप्सरा गौतम, सचिवमा महेश्वर गौतम, सहसचिवमा अर्जुन डोटेल र कोषाध्यक्षमा अजित अधिकारी विजयी भएका छन् । 

यसैगरी खुला सदस्यमा कमलराज राई, कृष्णप्रसाद ढुङ्गेल, कृष्णराज गौतम, बुद्ध योञ्जन लामा, रमेशकुमार बोहरा, रमेश लामिछाने, रीना श्रेष्ठ र शैलेश डङ्गोल विजयी भएका छन् । 
 
मधेशी सदस्यमा मीनाकुमारी यादव, दलित सदस्यमा शोभा नेपाली, समावेशी सदस्यमा दीपक काफ्ले र महिला सदस्यमा शोभा अर्याल विजयी भएका छन् । देशभरको सबैभन्दा धेरै मतदाता रहेको काठमाडौँ शाखाको बुधबार सम्पन्न निर्वाचनमा एक हजार २३४ मत खसेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ