arrow

नेपाल राष्ट्र बैङ्कले सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

logo
रासस,
प्रकाशित २०७७ चैत २९ आइतबार
central-bank-nepal.jpeg

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ। केन्द्रीय बैङ्कले एक सूचना मार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्न लागिएको जनाएको छ।

त्यसमा आठ अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिको रहेको छ। सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ। यस्तै दुई अर्ब २५ करोडको ट्रेजरी बिल भने १८२ दिनका लागि हो। सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ। बैङ्कले यसअघि यही चैत २३ गतेसमेत २१ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ