arrow

नेपालले धमाधम अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै, यस्ता छन् क्यानका निर्णय  

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत ३० सोमबार
can_1618192035.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अब धमाधम अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानको कार्यालय मूलपानीमा बसेको बैठकका निर्णयहरु प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने क्रममा अन्तर्राष्ट्रिय खेलहरुलाई प्राथमिकता दिइएको हो । 

नेपालले आगामी मेमा नामबियासँग एकदिवसीय सिरिज खेल्ने तयारी गर्ने निर्णय गरेको छ । 

क्यानले त्यसअघि नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–२० सिरिज खेल्दैछ । यही बैशाख ४ गतेदेखि त्रिकोणात्मक सिरिज हुँदैछ । 

टियु क्रिकेट मैदानमा आयोजना हुने उक्त सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ४ गते खेल्नेछ । 

त्यस्तै अप्रिलको तेस्रो सातादेखि नेपाली महिला क्रिकेट टीम र उत्तराखण्ड महिला क्रिकेट टिम भारतबीच टी–२० र एक दिवसीय मैत्रिपूर्ण प्रतियोगिता संचालनको तयार गर्ने निर्णय पनि भएको छ । 

बैठकले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको संचालन गर्न वाई वाईसँग सम्झौता गर्ने निर्णय गरेको छ । महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटालाई जिम्मेवारी दिइएको छ । 

१८–१८ जना पुरुष र महिला क्रिकेटरलाई २०२१ को सेन्ट्रल कन्ट्याक्ट गर्न आमामी मे १७ सम्म बोर्डलाई खेलाडी छनोट गरी प्रतिवेदन पेश गर्न राजबाबु श्रेष्ठ, संजय सिंह र प्रशान्त विक्रम मल्ल गरी तीन सदस्यीय समिति गठन गरिएको छ । 

संघको बेरुजु फर्छयोटका लागि ३५ दिन सार्वजनिक सूचना निकाल्ने पनि निर्णय भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ